Kathmandu Press

सगरमाथाको नयाँ उचाइ भोलि घोषणा गरिँदै

काठमाडौं, मंसिर २२ : संसारको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि घोषणा गरिने भएको छ।मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ...
सगरमाथाको नयाँ उचाइ भोलि घोषणा गरिँदै

काठमाडौं, मंसिर २२ : संसारको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि घोषणा गरिने भएको छ।

मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्न लागेको नापी विभागले जनाएको छ। फिल्ड सर्वेक्षणबाट तथ्यांक आइसकेको र यस विषयमा चीनसँग पनि छलफल भइसकेको जनाएको छ।

नापी विभागको नेतृत्वमा गत जेठमा सगरमाथाको उचाइ नापिएको थियो। त्यसको सबै रिपोर्ट तयार भएको भागका महानिर्देशक प्रकाश जोशीले बताए।

‘गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो।

यसअघि चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको थियो। दुवैको मापन पछि उचाइ घोषणा गर्न लागिएको हो।

यस अघि सगरमाथाको उचाइ सन् १९५४ मा मापन गरिएको थियो। अहिले सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर रहेको छ।

 

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्