Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

काठमाडौं, मंसिर २२ : कोरोना संक्रमणको कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। बर्दिया र कञ्चनपुरका एक/एक जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा बर्दियाको...
कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

काठमाडौं, मंसिर २२ : कोरोना संक्रमणको कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। बर्दिया र कञ्चनपुरका एक/एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका ५ का ७२ वर्षीय पुरुष रहेका छन्। उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मंपिसर १४ गते कोरोना संक्रमण पुष्टि भएको उनको आइतबार राति मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा ४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्