Kathmandu Press

वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौं, मंसिर २२ : वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । आज विहान १०ः३० वजे उपचारकाक्रममा राजधानीको नर्भिक अस्पतालमा उनको निधन भएको...
वरिष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडौं, मंसिर २२ : वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । आज विहान १०ः३० वजे उपचारकाक्रममा राजधानीको नर्भिक अस्पतालमा उनको निधन भएको हो। 

एक महिनाअघि कोरोना संक्रमित भएका उनमा फोक्सोमा समस्या देखिएको थियो । विगत एक साथादेखि भेन्टिलेटरमा उपचार गराईरहेका८५ बर्षिय  थापाको आज विहान निधन भएको हो। 

८० बर्षपछि गिति एल्बम निकालेर उनले नयाँ रेकर्ड राखेका थिए।  ३१ बर्ष सरकारी सेवामा विताएका थापाले जागिर अघि र अवकाशपछि पनि निरन्तर संगीत र साहित्यमा संक्रिय थिए ।  उनले २०२१ सालमै पतझर र पलाँसको फूल कथा संग्रह र दिलको आवाज गीतिसंग्रह प्रकाशित गरेका थिए। 

पछि ६४ वर्षकोे उमेरमा उनले प्रभुराज ढकालसँग संगीत सिके । झन्डै नौ वर्ष संगीत सिकेपछि उनलाई तीन बर्ष अघिमात्रै फेरि नयाँ गिती एल्बम सार्वजनिक गरेका थिए । 

०७४ मा उनले उषा मंगेसरसँग ‘म पतझर तिमी मधुमास’ बोलको गीत गाएका थिए । जसमा सहदेव ढुंगानाको शब्द, शिखर सन्तोषको संगीत रहेको छ। 

उनका तीन छोरी र एकछोरा छन् । 

‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्