Kathmandu Press

दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दार्चुला, मंसिर २२ : दार्चुलाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।गएराति भएको दुर्घटनामा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५...
दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

दार्चुला, मंसिर २२ : दार्चुलाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्कीको मृत्यु भएको छ। अन्य दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति १०ः१५ बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट झण्डै एक सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

ट्रकमा चालकसहित तीन जना सवार थिए। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तीनै जनाको शव परीक्षणका लागि खलंगास्थित जिल्ला अस्पताल ल्याइएको छ।  

 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्