रौतहट बमकाण्डमा अफताब आलमका भाइ पनि पक्राउ
रौतटह, मंसिर २२ : पहिलो संविधानसभा निर्वाचनका वेला रौतहटको राजपुरमा भएको बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम पक्राउ परेका छन्।उनलाई भारतबाट...
रौतटह, मंसिर २२ : पहिलो संविधानसभा निर्वाचनका वेला रौतहटको राजपुरमा भएको बमकाण्डमा पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलम पक्राउ परेका छन्।
उनलाई भारतबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रौटहतले जनाएको छ। प्रहरीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लाबाट पक्राउ गरिएको हो।
पहिलो संविधानसभा निर्वाचनका वेला २०६४ चैत २७ गते आलमका काका शेख इन्द्रिसको घरमा बम विस्फोट भएको थियो। विस्फोटमा २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरसहित केही घाइते भएका थिए। घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको आरोप परिवारजनले लगाएका थिए।
त्यहि मुद्दामा २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए। उनी अहिले काठमडौंको नख्खु जेलमा छन्।
यो मुद्दा अदालतमा विचाराधिन छ। यसमा प्रहरीले अन्य आरोपीको पनि खोजी गर्दै आइरहेको छ।
प्रकाशित मिति: १५:२५ बजे, सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











