Kathmandu Press

भारतमा थपिए ३२ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर २२ : भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो...
भारतमा थपिए ३२ हजार कोरोना संक्रमित 

काठमाडौ, मंसिर २२ : भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित थपिएका हुन् ।

थप ३२ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ५९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार नाघेको हो ।

प्रकाशित मिति: १३:३० बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्