Kathmandu Press

लुम्बिनीको मायादेबी मन्दिर सर्वसाधारको लागि पनि खुल्ला

काठमाडौं, मंसिर २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटकीय स्थल लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला भएको घोषणा गरेका छन्। कोरोना...
लुम्बिनीको मायादेबी मन्दिर सर्वसाधारको लागि पनि खुल्ला

काठमाडौं, मंसिर २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटकीय स्थल लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला भएको घोषणा गरेका छन्। कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर आजदेखि खुल्ला गरिएको मन्त्री भट्टराईले बताएका हुन्।

मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन गरी अबदेखि मन्दिर खुल्ला हुने बताएका हुन्। 

मंसिर ३ गते मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुल्ला गरिएपनि लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर नखुल्दा पर्यटक आगमन बढ्न सकेको थिएन। 

लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए।

मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले बताए।

त्यस्तै, मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने व्यवस्था गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

प्रकाशित मिति: ००:५४ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्