Kathmandu Press

प्रदेश नं १ मा थपिए १२३ कोरोना संक्रमित, २५१ जना डिस्चार्ज

विराटनगर, मंसिर २१ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६ जना महिलासहित १२३ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमा मोरङमा...
प्रदेश नं १ मा थपिए १२३ कोरोना संक्रमित, २५१ जना डिस्चार्ज

विराटनगर, मंसिर २१ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६ जना महिलासहित १२३ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा दुई, तेह्रथुम, भोजपुर र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सोही अवधिमा होमआइसोलेशनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट आठ र न्यूरो अस्पतालबाट पाँच, विराट मेडिकल कलेजबाट एक जनासहित २५१ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार १५० पुगेको छ।

 प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या २८ हजार १७० पुगेको छ भने सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार २० जना रहेको मन्त्रालयले जनाएको छ। सात सय ४३ जनासहित कूल एक लाख ९६ हजार ७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: ००:४४ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्