Kathmandu Press

कोरोना संक्रमणको कारण थप १७ जनाको मृत्यु

काठमाडौं, मंसिर २१ : देशभर गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप १७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार योसहित नेपालमा...
कोरोना संक्रमणको कारण थप १७ जनाको मृत्यु

काठमाडौं, मंसिर २१ : देशभर गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप १७ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १५९४ पुगेको छ।

त्यस्तै आइतबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

६ हजार ४९५ जनाको नमुना परीक्षण गर्दा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योससहित देशभर हालसम्म दुई लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै, यो अवधिमा १७५२ जना निको भइ डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या दुई लाख २५ हजार ८०५ पुगेको छ।

प्रकाशित मिति: २२:२८ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्