Kathmandu Press

थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १७५२ जना डिस्चार्ज

काठमाडौं, मंसिर २१ : देशभर पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ४९५ जनाको नमुना परीक्षण गर्दा १०९६...
थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १७५२ जना डिस्चार्ज

काठमाडौं, मंसिर २१ : देशभर पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

६ हजार ४९५ जनाको नमुना परीक्षण गर्दा १०९६ जनामा संक्रमण पु्ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

योससहित देशभर हालसम्म दुई लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, यो अवधिमा १७५२ जना निको भइ डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या दुई लाख २५ हजार ८०५ पुगेको छ।

हाल संक्रमित निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ।

प्रकाशित मिति: २२:१६ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्