Kathmandu Press

नेकपा स्थायी समिति बैठक सकियो, दुवै अध्यक्षका प्रतिवेदन अध्ययन गर्न ७ दिन बैठक स्थगित

आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन पेश गरिएको थियो। 
नेकपा स्थायी समिति बैठक सकियो, दुवै अध्यक्षका प्रतिवेदन अध्ययन गर्न ७ दिन बैठक स्थगित

काठमाडौं, मंसिर २१ : नेकपा स्थायी समिति बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको छ। 

आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन पेश गरिएको थियो। 

उक्त दुवै प्रतिवेदन अध्ययनका लागि भन्दै ७ दिन बैठक स्थगित गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली पनि अनुपस्थित भएका थिए। उनले कार्यकारी अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने लिखित धारणा सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत पेश गराएका थिए।

‘पार्टीको आन्तरीक समस्या समाधानको लागि आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुभएन। र अनुपस्थितको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर पत्र पठाउनुभएको थियो’, बैठकपछि श्रेष्ठले भने, ‘उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर बैठकलाई जानकारी गराउनुभयो।’

ओलीले आफ्नो पूर्व मान्यता यथावत् रहेको अर्थात् अर्का कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने कारणले बैठकमा नआएको जानकारी पत्रमार्फत् गराएको र त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक अघि बढाएको श्रेष्ठले बताए। ‘बैठकमा दुवै अध्यक्षका पत्र पनि अध्ययनका लागि स्थायी कमिटी सदस्यलाई ७ दिनको समय दिईएको छ,’ श्रेष्ठले भने।  

बैठकमा स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, वेदुराम भुषाल, पृथ्वी सुब्बा गुरुङ ,देब प्रसाद गुरुङ, लेखराज भट्ट , शंकर पोख्रेल ,टोपबहादुर रायमाझी , हरिबोल गजुरेल ,किरण गुरुङ, ,शक्ति बहादुर बस्नेत ,जनार्दन शर्मा, घनश्याम भुषाल, योगेश भट्टराई, पम्फा भुषाल, अष्टलक्ष्मी शाक्यलगायत सहभागी भएका थिए।

करिब ४० मिनेटसम्म ओलीलाई कुरेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुले प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ओली बैठकमा सहभागी नहुने सन्देश पठाएसँगै बैठक शुरु गरेका थिए।

गत कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव पत्रमा यही मङ्सिर १३ गते ओलीले दिएको लिखित जवाफ र त्यसअघिका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ।

प्रकाशित मिति: २१:५१ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्