Kathmandu Press

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चोकिङ, मंसिर २१ : चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। चीनको चोकिङमा रहेको एक कोइला खानीमा...
चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

चोकिङ, मंसिर २१ : चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। चीनको चोकिङमा रहेको एक कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको हो।

दुर्घटनामा परेका एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका छन्। चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो। त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो। 

सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो। चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन्। यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, मंसिर २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्