Kathmandu Press

भारतमा शनिबार एकै दिन थपिए ३६ हजार कोरोना संक्रमित

नयाँ दिल्ली, मंसिर २१ : भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४...
भारतमा शनिबार एकै दिन थपिए ३६ हजार कोरोना संक्रमित

नयाँ दिल्ली, मंसिर २१ : भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार २२२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ। जसमध्ये ९१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन्।

सो मन्त्रालयका अनुसार हाल ४ लाख ३ हजार २४८ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन्। भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २८ औं दिन हो।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८२ जनाको मृत्यु भएको छ। योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार १८२ पुगेको छ। 

भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ८३ हजार ९३१ अझै पनि सक्रिय संक्रमित रहेका आइतबार जनाइएको छ।

संक्रमणको कारण यहाँ ४७ हजार ६९४ व्यक्तिको मृत्यु जनाइएको छ। कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ५३ हजार २९२ संक्रमित भएका छन्  कोरोना शुरु भएयतादेखि शनिबार बिहानसम्म दिल्लीमा यस प्रकोपबाट ९ हजार ५७४ व्यक्तिको मृत्यु भइसकेको छ। 
 
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ६९ लाख ८६ हजार नमूना परीक्षण गरेको जनाएको छ। 

प्रकाशित मिति: २०:१३ बजे, आइतबार, मंसिर २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्