Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका छन्।
नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं, मंसिर २१ : नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका छन्।

कडा सुरक्षाबीच नेकपा स्थायी कमिटी बैठक सुरु भएको हो। नेकपाका सबै स्थायी कमिटी सदस्यहरु उपस्थित भएका छन्।

तर, प्रधानमन्त्री ओली भने बैठकमा सहभागी भएका छैनन्। कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै ओली बैठकमा नगएको जनाएको छ।

स्थायी कमिटी बैठकका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

त्यस्तै, नेपाली सेनाको तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ। सेनाको बम डिटेक्टर टोली खटिएको छ।

नेकपा नेता र सञ्चारकर्मीबाहेक अरुलाई कार्यालय परिसमार प्रवेश गर्न दिइएको छैन।

आजको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश हुनेछ। शनिबारको सचिवालय बैठकमा सहमति नभएपछि दुवै प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय भएको थियो।

 

प्रकाशित मिति: १९:४० बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्