नेकपा कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा
काठमाडौं, मंसिर २१ : सत्तारुढ दल नेकपाको केन्द्रीय कार्यालय, धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आज नेकपा स्थायी कमिटी बैठक बस्ने भएपछि सुरक्षा...
काठमाडौं, मंसिर २१ : सत्तारुढ दल नेकपाको केन्द्रीय कार्यालय, धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आज नेकपा स्थायी कमिटी बैठक बस्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
नेकपाको स्थायी कमिटी बैठक धुम्बराहमिा बोलाइएको छ। त्यसको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको डिएसपीको नेतृत्वका परिचालन सुरक्षाकर्मीले नेकपा कार्यालय प्रवेशमा पनि कडाइ गरेको छ। नेकपा नेता र सञ्चारकर्मीबाहेक अरुलाई प्रवेश गर्न दिएको छैन।
आजको बैठकमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश हुने भएको छ। दुवै प्रस्तावमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो।
शनिबार बसेको सचिवलाय बैठकमा सहमति जुट्न सकेको थिएन। प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव फिर्ता गर्नुपर्ने अडान राखेका थिए भने प्रचण्डलगायत अन्य नेताले दुवै प्रस्तावमाथि छलफल हुनुपर्नेमा जोड दिएका थिए।











