Kathmandu Press

कोरोना संक्रमणबाट विदेशमा रहेका ३०१ नेपालीको मृत्यु

काठमाडौं, मंसिर २१ : कोरोना संक्रमणबाट विदेशमा रहेका ३०१ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार हालसम्म विश्वका विभिन्न २० मुलुकमा रहेका...
कोरोना संक्रमणबाट विदेशमा रहेका ३०१ नेपालीको मृत्यु

काठमाडौं, मंसिर २१ : कोरोना संक्रमणबाट विदेशमा रहेका ३०१ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली संघका अनुसार हालसम्म विश्वका विभिन्न २० मुलुकमा रहेका ३०१ गैरआवासीय नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

यो साता जर्मनीमा एकजना र भारतमा एकजनाको मृत्यु भएसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको हो।

संघका अनुसार शनिबार साँझसम्ममा विश्वका विभिन्न ४९ देशमा रहेका ४८ हजार ६ सय ३९ जना गैरआवासीय नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

त्यसमध्ये ४४ हजार ६ सय ७१ जनामा भने कोरोना निको भइसकेका छन्।

प्रकाशित मिति: १८:३४ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्