Kathmandu Press

बुटवलको होटलमा गोली चल्यो, एक युवक घाइते

बुटवल, मंसिर २१ : गैडाको खाग तस्करी भइरहेको सूचना पाएपछि प्रहरी पुग्दा बुटवलको एक होटलमा गोली चलेको छ। गोली लागेर एक जना घाइते...
बुटवलको होटलमा गोली चल्यो, एक युवक घाइते

बुटवल, मंसिर २१ : गैडाको खाग तस्करी भइरहेको सूचना पाएपछि प्रहरी पुग्दा बुटवलको एक होटलमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका ८ सुख्खानगरस्थित कलश होटलमा चार जना बसेका थिए। उनीहरु गैंडाको खाक तस्करीमा संलग्न रहेको सूचना पाएपछि प्रहरी पुगेका थिए।

उनीहरु बसेको कोठामा दुई जना सादा पोशाकका प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय, रुपन्देही प्रवक्ता सत्यनारायण थापाले बताए। सादा पोशाकका प्रहरीले ढोका बन्द गरेर थप प्रहरी बोलाएपछि झडप भएको हो।

होटलको कोठामा बसिरहेका चारै जना ढोका फोडेर बाहिर निस्केका थिए। त्यसपछि प्रहरीको पेस्तोल खोसेर गोली चलाएको थापाको भनाइ छ।

गोली लागेर काठमाडौंका राकेश न्यौपानेलाई घाइते भएका छन्। उनको चिउँडोमा गोली लागेका थापाले बताए। उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।

होटलमा रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादुर थापा र जाजरकोटको बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउत रहेका छन्।

उनीहरुसँगै रहेका वीरेन्द्रबहादुर सिंह भागेका छन्। उनीहरुबाट एउटा खाग बरामद गरिएको थापाले बताए।

 

प्रकाशित मिति: १७:१० बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्