Kathmandu Press

सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

वीरेन्द्रनगर, मंसिर २१ : कोरोना भाइरसको संक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ।गएराति पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी...
सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

वीरेन्द्रनगर, मंसिर २१ : कोरोना भाइरसको संक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ।

गएराति पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरूषको मृत्यु भएको हो। उनी कोरोना संक्रमण देखिएपछि मंसिर ९ गते कोरोना विशेष अस्पताल भर्ना भएका थिए।

उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या रहेको थियो। केही दिनदेख भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्