Kathmandu Press

भारतमा २४ घण्टामा थपिए ३६ हजारभन्दा बढी कोरोना संक्रमित 

काठमाडौ, मंसिर २१ : भारतमा पछिल्लो २४ घण्टामा ३६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।थप ३६ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
भारतमा २४ घण्टामा थपिए ३६ हजारभन्दा बढी कोरोना संक्रमित 

काठमाडौ, मंसिर २१ : भारतमा पछिल्लो २४ घण्टामा ३६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

थप ३६ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९० लाख ९९ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार २१६ पुगेको छ ।

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्