Kathmandu Press

भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने त्रिविको तयारी 

काठमाडौं, मंसिर २१ : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ । कोरोना संक्रमणबाट रोकिएको त्रि.वि.को पढाइ भौतिक उपस्थितिमा कक्षा...
भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने त्रिविको तयारी 

काठमाडौं, मंसिर २१ : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ । कोरोना संक्रमणबाट रोकिएको त्रि.वि.को पढाइ भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने  तयारी थालिएको हो ।  

त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधि अपनाइनेछ । भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न पालिकाले स्वीकृति नदिएको अवस्थामा भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्नुपर्ने त्रिविले जनाएको छ । 

कोरोनाको जोखिम कम भयो भनेर कक्षा सञ्चालन गरिएको ठाउँमा जोखिम वढी नै हुने हुँदा भौतिक रुपमा शिक्षक र विद्यार्थी दुवै उपस्थित भएर कक्षा सञ्चालन गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्छ ।

सावधानी अपनाउँदा, अपनाउँदै पनि कोरोना संक्रमण भएमा पालिकाले आफ्नै निर्णयमा सके र सम्भव भएमा भौतिक रुपमा उपस्थित भएर र नसके अथवा सम्भव नभए वैकल्पिक माध्यमबाट अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने त्रिविको ठहर छ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका केही परीक्षा छठपछि सञ्चालन गरिरहेको छ । 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्