Kathmandu Press

राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं, मंसिर २० :  काठमाडौंमा राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको माग गर्दै प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा शनिबार दिउँसो...
राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं, मंसिर २० :  काठमाडौंमा राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको माग गर्दै प्रदर्शन भएको छ। 

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा शनिबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर चोक नजिक पुगेर कोण सभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको स्थापना गर्न माग गर्दै नाराबाजी गेका थिए। 

यस्तै, प्रदर्शनमा सहभागी प्रदर्शनकारीले संघीय र धर्म निरपेक्षता खारेज गरेर हिन्दू राष्ट्र कामय हुनु पर्ने माग पनि गरेका थिए। प्रदर्शन कार्यक्रमलाई अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण बस्नेत लगायतले सम्बोधन गरेका थिए। 

पछिल्लो समय देशका विभिन्न ठाउँमा राजतन्त्रका पक्षमा प्रदर्शन हुँदै आएका छन्। यसअघि शुक्रबार राप्रपा मकवानपुरले हेटौँडामा राजतन्त्र र हिन्दू राष्ट्र स्थापनाको माग गर्दै प्रदर्शन गरेको थियो। 
 

प्रकाशित मिति: २०:३९ बजे, शनिबार, मंसिर २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्