Kathmandu Press

संस्थागत सुत्केरी गराउनेलाई तीन हजार रूपैयाँ प्रोत्साहन भत्ता

दमाैली, मंसिर २० : तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई तीन हजार रूपैयाँ रकम वितरण गर्न थालेको छ।चालु आर्थिक वर्ष...
संस्थागत सुत्केरी गराउनेलाई तीन हजार रूपैयाँ प्रोत्साहन भत्ता

दमाैली, मंसिर २० : तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई तीन हजार रूपैयाँ रकम वितरण गर्न थालेको छ।

चालु आर्थिक वर्ष २०७७-७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई तीन हजार रूपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको हो। गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। 

“सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौं, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छौ‌ं,” रानाले भनिन्।

म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले विभिन्न वडाका ३० महिलाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन्। घरमा हुने सुत्केरीलाई शुन्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको घिमिरेले बताए। “अझै पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेका छन्, यसले जोखिम बढाउँछ,” उनले भने, “स्वास्थ्य संस्थामा सुत्केरी गराए सुरक्षित हुने भएकाले यसबारेमा पनि सचेत गराएका छौँ।”
 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, मंसिर २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्