हुम्लामा जीप दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं, मंसिर २० : हुम्ला सदुरमुकामसिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालकसहित ७ जना घाइते...
काठमाडौं, मंसिर २० : हुम्ला सदुरमुकामसिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालकसहित ७ जना घाइते भएका छन् ।
जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामापरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
दुर्घटनामा घाइते हुनेमा सिमकोट–२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट–६ बस्दै आएका अजय बस्नेत, सिमकोट–८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजार बस्दै आएका बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरु सबैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।











