अस्ट्रेलियाविरुद्धको पहिलो टि-२० मा भारत विजयी
काठमाडौं, मंसिर १९ : टि–२० सिरिजको पहिलो पहिलो खेलमा भारतले घरेलु टिम अस्ट्रेलियाविरुद्ध जित निकालेको छ। शुक्रबार क्यानबेरामा भएको तीन खेलको टि–२० सिरिजको पहिलो...काठमाडौं, मंसिर १९ : टि–२० सिरिजको पहिलो पहिलो खेलमा भारतले घरेलु टिम अस्ट्रेलियाविरुद्ध जित निकालेको छ।
शुक्रबार क्यानबेरामा भएको तीन खेलको टि–२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियाई ११ रनले हरायो।
पहिला ब्याटिङ गर्दै भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए भने डार्ची सर्टले ३४ र मोइसेस हेनरिक्सले ३० रन बनाए।
कप्तान फिन्च र सर्टले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए। तर, मध्यक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल सस्तैमा आउट भएपछि अस्ट्रेलिया दबाबमा आएको थियो। अस्ट्रेलियालाई दबाबमा राख्ने क्रममा भारतका टि नटराजन र युजवेन्द्र चहलले समान तीन विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको भारतले केएल राहुल र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ मद्दतमा ७ विकेटको क्षतिमा १६१ रन बनायो। राहुलले ४० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए भने जडेजाले २३ बलमा ५ चौका र १ छक्का मद्दतमा नटआउट ४४ रन बनाए।
यस्तै, सन्जु सामसनले २३, मनिष पाण्डेले १६ रनको योगदान दिए। अस्ट्रेलियाका मोइसेस हेनरिक्सले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए।
यी दुईबीचको दोस्रो टेस्ट डिसेम्बर ६ मा क्यानबेरामा हुनेछ। यसअघि भएको तीन खेलको एकदिवसीय सिरिज अस्ट्रेलियाले २–१ ले जितेको थियो।











