प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा सहभागी हुन्न भन्न मिल्दैन : अष्टलक्ष्मी शाक्य
काठमाडौं, मंसिर १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठकमा सहभागी...
काठमाडौं, मंसिर १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठकमा सहभागी हुन्न भन्न नमिल्ने बताएकी छिन्।
थापाथली क्याम्पसमा शुक्रबार आयोजित विद्यार्थी भेलालाई सम्बोधन गर्दै शाक्यले भोलि बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनु पर्ने बताएकी हुन्।
‘ओलीजीले बैठकमा बस्दिनँ भन्न मिल्दैन,’ उनले भनिन्,‘भोलिको सचिवालयको बैठक बस्नै पर्छ र अस्तीजस्तो सचिवालयको बैठकमा म आउँदिन, म बस्दिनँ भन्न उहाँले पाउनुहुन्न।’
उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन मान्दिन भन्न पनि नमिल्ने बताइन्। ‘प्रचण्डको प्रतिवेदन पनि म मान्दिन भन्नुभयो। यो भन्न उहाँले पाउनुहुन्न। त्यसैले निकास बैठकबाटै हुनुपर्छ,’उनले भनिन्।
प्रकाशित मिति: ००:३६ बजे, शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











