Kathmandu Press

कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने 

काठमाडौं, मंसिर १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको रबैयाविरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ। बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा...
कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने 

काठमाडौं, मंसिर १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ। 

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारीसहित शीर्ष नेताको बैठकले सरकारविरुद्ध मंसिर २९ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

‘बुधबार तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र दमनको विरोधका र भ्रष्टाचारको मुद्दालाई लिएर  देशभर मंसिर प्रदर्शन गर्ने  निर्णय भएको छ,’ उनले भने।

यस्तै, बैठकले बुधबार तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारप्रति भर्त्सना पनि गरेको केसीले बताए।  यसैगरी बैठकले तत्काल संघीय संसदको अधिवेशन बोलाउन सरकारसँग माग गर्ने पनि निर्णय गरेको केसीले बताए। 

‘संसद स्थगित भएको धेरै लामो समय भइसक्यो। जनजीविकाका मुद्दा उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्छ भन्नेमा सबैको जोड रह्यो,’ उनले भने,‘तत्काल अधिवेशन बोलाउन सरकारको ध्यानाकर्षण बैठकले गराएको छ।’
 

प्रकाशित मिति: ००:०७ बजे, शनिबार, मंसिर २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्