Kathmandu Press

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

टोक्यो, मंसिर १९ : कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ। 

आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ। यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ। 

डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ। 

टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ। केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन्। 

यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ। 

प्रकाशित मिति: २३:२३ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्