Kathmandu Press

कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा, मंसिर १९ : कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  पोखरा महानगरपालिका–८ की ६६ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार चरक...
कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा, मंसिर १९ : कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका–८ की ६६ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए। 

उनका अनुसार ती महिलामा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, मंसिर १९, २०७७