Kathmandu Press

प्रचण्डलाई भेट्न खुमलटार पुगे उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, मंसिर १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता...
प्रचण्डलाई भेट्न खुमलटार पुगे उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, मंसिर १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ। प्रचण्डलाई चभेट्न पोखरेल बिहान ९  बजे खुमलटार पुगेका थिए।

भेटवार्तामा पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेकाथिए। 

यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुलमटार पुगेका थिए ।

प्रचण्डले शनिबारका लागि सचिवालय बैठक बोलाएका छन्। ओली अनुपस्थित भएको बैठकले सचिवालय बोलाइएकाले भोलि पनि बैठकमा उनी नआउने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्