दाङका २६ वर्षीय युवकको बाँकेमा कोरोनाबाट मृत्यु
नेपालगन्ज, मंसिर १९ : कोरोना भाइरसको संक्रमणबाट २६ वर्षीय युवकको मृत्यु भएको छ।गएराति दाङको तुलसीपुरमा उपमहानगरपालिका १६ का २६ वर्षीय युवककको बाँकेमा मृत्यु...
नेपालगन्ज, मंसिर १९ : कोरोना भाइरसको संक्रमणबाट २६ वर्षीय युवकको मृत्यु भएको छ।
गएराति दाङको तुलसीपुरमा उपमहानगरपालिका १६ का २६ वर्षीय युवककको बाँकेमा मृत्यु भएको हो। उनको गएराति १२ः१० बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको छ।
उनलाई मंसिर १० गते कोरोना संक्रमण भएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो।
उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १८:५० बजे, शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











