Kathmandu Press

मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर, मंसिर १९ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जनाको मृत्यु भएको छ।गएराति उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरस्थित नोबेल शिक्षण...
मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर, मंसिर १९ : कोरोना भाइरसको संक्रमणबाट मोरङमा दुई जनाको मृत्यु भएको छ।

गएराति उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो। मृत्यु भएका एक जना सिराहा र एक जना झापाका बासिन्दा हुन्।

झापाको दमकका ५६ वर्षीय पुरुषको गएराति १२ बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। उनलाई ज्वरोसँगै छात्ती दुख्ने समस्या रहेको थियो। उनलाई

स्वास्थ्यमा समस्या भएपछि उनी मंसिर १३ गते विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, सिरहाको मिर्चैयाका ७५ वर्षीय वृद्धको गएराति १२ बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। छात्ती दुख्ने र ज्वरो आउने गरेपछि उनी मंसिर १८ गते दिउसो अस्पताल भर्ना भएका थिए।

उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भएको थियो। उनको उपचारका क्रममा राति नै मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्