Kathmandu Press

अस्पतालबाट भागेका बलात्कारका आराेपी सात घन्टामै पक्राउ

डोटी, मंसिर १९ : गएराति अस्पतालबाट भागेका बलात्कारका अभियुक्त आज बिहान पक्राउ परेका छन्। सुरक्षामा खटिएका तीन जना प्रहरीलाई निलम्बन गरिएको छ।बझाङको मष्टा...
अस्पतालबाट भागेका बलात्कारका आराेपी सात घन्टामै पक्राउ

डोटी, मंसिर १९ : गएराति अस्पतालबाट भागेका बलात्कारका आराेपी आज बिहान पक्राउ परेका छन्। उनकाे निगरानीका लागि खटिएका तीन जना प्रहरीलाई निलम्बन गरिएको छ।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका राजेन्द्र बोहरा गएराति १२ बजे अस्पतालबाट भागेका थिए। उनलाई आज बिहान ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

बलात्कार अभियुक्त १६ वर्षीय राजेन्द्रलाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो। उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।

उनी गएराति १२ बजे अस्पतालकै आइसोलेसनबाट भागेका हुन्। उनलाई पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए।

उनको निगरानीमा खटिएका तीन प्रहरी निलम्बनमा परेका छन्। अस्पतालमा खटिएका तीन प्रहरीको लापरबाही देखिएकाले निलम्बन गरिएको एसएसपी सिंहले बताए।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्