Kathmandu Press

दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

बाँके, मंसिर १९ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय...
दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

बाँके, मंसिर १९ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय बृद्धको बाँकेमा मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

तुलसीपुरका ४५ वर्षीय पुरुषलाई मंसिर ४ गते कोरोना संक्रमण भएको थियो। उनी त्यहि दिन भेरी अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा गएराति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, तुलसीपुरकै ८१ वर्षीय बृद्धलाई मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि कोहलपुरस्थित

नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा गएराति १०ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्