Kathmandu Press

विश्वभर कोभिड-१९ बाट १५ लाख वढीको मृत्यु 

काठमाडौ, मंसिर १९ : विश्वभरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा...
विश्वभर कोभिड-१९ बाट १५ लाख वढीको मृत्यु 

काठमाडौ, मंसिर १९ : विश्वभरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १२ हजार ६४३ संक्रमितको मृत्यु भएको छ ।

एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । शुक्रबार १२ हजार वढी कोरोना संक्रमित थपिदाँ हालसम्म विश्वभरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ लाख ११ हजा नाघेको हो ।

Hardik ivf

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका २१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ६३० जना संक्रमित भएका छन् । यो सँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख ४१ हजार २६० पुगेको छ ।

यसमध्ये १ लाख ६ हजार ५७५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ५५ लाख ३ हजार ६४५ पुगेको छ ।

त्यसमध्ये ४ करोड ५३ लाख ५१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्