Kathmandu Press

युरोपा लिगको नक आउट चरणमा टोटनह्याम र रेन्जर्स 

काठमाडौं, मंसिर १९ : इंग्लीश फुटबल क्लब टोटनह्याम हट्सपर र स्कल्याण्डको रेन्जर्स युरोपा लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।गएराति भएको समुह...
युरोपा लिगको नक आउट चरणमा टोटनह्याम र रेन्जर्स 

काठमाडौं, मंसिर १९ : इंग्लीश फुटबल क्लब टोटनह्याम हट्सपर र स्कल्याण्डको रेन्जर्स युरोपा लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समुह ‘जे’ को खेलमा अष्ट्रियाको लास्क फुटबल क्लबसँग ३–३ गोलको बराबरी खेलेको टोटनह्याम नक आउट चरणमा उक्लिएको हो । यसैगरी समुह ‘डी’ को खेलमा बेल्जीयमको स्ट्याण्डर्ड लेईजलाई ३–२ ले हराउँदै स्कटल्याण्डको सेल्टिक नक आउट चरणमा प्रवेश गर्‍यो ।

Hardik ivf

यही समुहको अर्को खेलमा पोल्याण्डको लेस पोज्नानलाई ४–० ले हराउँदै पोर्चुगलको बेनिफिका पनि नक आउट चरणमा पुगेको छ । यसअघि नैं नक आउट चरणमा आफ्नो ठाउँ सुरक्षित गरेको आर्सनलले गएराती अष्ट्रियाको र्‍यापिड वेइनलाई ४–१ ले हरायो ।

गएराती नै भएका अन्य खेलहरुमा विजयी हुँदै इटालीको एसी मिलान, पोर्चुगलको एफ.सी ब्रागा, स्पेनका भियारियाल र ग्रानाडा, नेदरल्याण्ड्सको पि.एस.भि, जर्मनीको बायर लिभरकुजेन लगायतका १४ टोली नक आउट चरणमा उक्लिएका हुन् । थप ४ टोलीले अघिल्लो साता नैं नक आउट चरणमा ठाउँ बनाइसकेका थिए । 

प्रकाशित मिति: १३:४२ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्