Kathmandu Press

रुस कोभिड–१९ विरुद्धको खोप लगाउने विश्वकै पहिलो देश, १ लाखभन्दा धेरै नागरिकलाई दिइयो खोप 

काठमाडौं, मंसिर १९ : रुसमा एक लाखभन्दा धेरै नागरिकलाई रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।रुसले गत अगष्ट महिनामा कोभिड...
रुस कोभिड–१९ विरुद्धको खोप लगाउने विश्वकै पहिलो देश, १ लाखभन्दा धेरै नागरिकलाई दिइयो खोप 

काठमाडौं, मंसिर १९ : रुसमा एक लाखभन्दा धेरै नागरिकलाई रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

रुसले गत अगष्ट महिनामा कोभिड १९ विरुद्धको खोप स्पुतनिक–भी नामक खोपको निर्माण गरेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो ।  यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्