Kathmandu Press

अर्थ मन्त्रालयको बीमा समितिलाई निर्देशन– कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै गर्नू

काठमाडौं,  मंसिर १८ : अर्थ मन्त्रालयले कोरोना बीमा पावतको रकम तीन दिनभित्र भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ। सात दिनभित्र भुक्तानी दिन दिएको निर्देशन...
अर्थ मन्त्रालयको बीमा समितिलाई निर्देशन– कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै गर्नू

काठमाडौं,  मंसिर १८ : अर्थ मन्त्रालयले कोरोना बीमाको रकम तीन दिनभित्र भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ। 

सात दिनभित्र भुक्तानी दिन दिएको निर्देशन कार्यान्वयन गर्न अटेरी गरेपछि अर्थ मन्त्रालयले बिहीबार फेरि तीन दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको हो।

मन्त्रालयले  बीमा समितिलाई तीन दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी त्यसबारे जानकारी पठाउन पनि निर्देशन दिएको छ। यस्तै, भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन यथाशिघ्र सकेर भुक्तानी दिने व्यवस्था मिलान पनि मन्त्रालयले भनेको छ। 

कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भृरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्न पनि अर्थ मन्त्रालयले भनेको छ।

हेर्नुस् निर्देशानात्मक पत्र :

प्रकाशित मिति: ००:०७ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्