Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौं,  मंसिर १८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं,  मंसिर १८ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ। 

यस्तै,  बिहीबार नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने अहिलेसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार २१११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २१:५३ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्