Kathmandu Press

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छोड्नु पर्छः देवेन्द्र पौडेल

काठमाडौं,  मंसिर १८ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास...
ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छोड्नु पर्छः देवेन्द्र पौडेल

काठमाडौं,  मंसिर १८ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन्।

पौडेलले ओलीसँग एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे। पार्टीभित्रको समस्यालाई निकास दिन ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाइ थियो।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ। एक पद मात्रै लिनुपर्छ। अब ओलीसँग सम्झौता हुँदैन।’

उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए। पार्टीको विधान र पद्धति अनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाइ छ।

पौडेलले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए। ‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भूमिका खेल्नुपर्छ,’ पौडेलले भने। पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए। 

नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने  जिम्मा ओलीले लिनुपर्ने बताए। सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाइ थियो।
 

प्रकाशित मिति: २१:४४ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्