Kathmandu Press

पेट्रोलियम पाइपलाइनको काम तिव्र, १८ महिनामै काम सकिने

पर्सा, माघ १० : रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ वन क्षेत्रबाहेक सबै ठाउँको काम सकिएको छ । 

पर्सा र....

पेट्रोलियम पाइपलाइनको काम तिव्र, १८ महिनामै काम सकिने

पर्सा, माघ १० : रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ वन क्षेत्रबाहेक सबै ठाउँको काम सकिएको छ । 

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने वनबाहेकका ठाउँमा पाइपलाइन विछ्याउने काम लगभग सकिएको परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालले बताए । 

परियोजनाअन्तरर्गत भारतको मोतिहारीदेखि रक्सौलसम्म ३२.७८ किलोमिटर र रक्सौल सीमादेखि अम्लेखगञ्जसम्म ३६.२८ किलोमिटरमा पाइप विछ्याउनुपर्ने थियो । जसमध्ये सीमावर्ती भारतीय सहर रक्सौलदेखि अम्लेखगञ्जसम्मको २२.४ किलोमिटरसम्म पाइप विछ्याउने काम सकिएको हो । 

Hardik ivf

बाँकी ठाउँमा रहेको अवरोध हटाएर पाइपलाइन विस्तारको काम द्रूत गतिमा भइरहेको इन्जिनियर पौड्यालले बताए । उनका अनुसार हालः पथलैया–वीरगञ्ज सडकखण्डअन्तर्गत गण्डकदेखि परवानीपुरतर्फ कंक्रिट पाइपमा फलामे पाइप हाल्ने काम भइरहेको छ । त्यस क्षेत्रमा हिलो र पानी भएकाले पाइप जोगाउन कंक्रिट पाइपभित्र उक्त पाइप राखिएको उनले बताए । 

यसबाहेक वीरगञ्जस्थित नेपाल–भारत सीमामा रहेको सिर्सिया खोलामुनिबाट पाइप ओछ्याउने काम पनि सकिएको छ । वीरगञ्जको शंकराचार्य गेटनजिक भने पाइप जडानको काम अन्तिम चरणमा रहेको उनले बताए । केही दिनमा निकुञ्ज क्षेत्रमा पनि काम सुरु गरिने उनले बताए । 

पाइपलाइन विस्तारका लागि भारतको इण्डीयन आयल निगमको दुई अर्ब रुपैयाँ र नेपाल सरकारको ७५ करोड भारतीय रुपैयाँ लगानी रहेको छ । जसको कूल लगानी ४ अर्ब ४० करोड नेपली रुपैयाँ हुन आउँछ । 

नेपाल आयल निगम अम्लेखगञ्ज शाखाका क्षेत्रय प्रमुख इन्जिनियर प्रदीप कुमार यादवले जंगल फडानी, विद्युतीय पोल सिफटिङलगायत समस्या रहेकाले ती कामहरु द्रुत गतिमा भइरहेको बताए । ‘पर्सा वन्यजन्तु आरक्षले गर्दा पाइपलाइन विस्तारमा केही समस्या देखिएको थियो । अहिले अवरोध हटेको छ, १८ महिनाभित्र हामीले काम समपन्न गरिसक्छौँ,’ उनले भने,  ‘नेपाल सरकारले दिएको ३० महिने सीमा हामीले १८ महिनामै समपन्न गरिसक्ने लक्ष्य राखेका छौँ ।’ 

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतीहारी बजार क्षेत्रको ११ किलोमिटर उत्तरतर्फ सेमरा भन्ने स्थानमा टर्मिनल प्वाइन्ट निर्माण गरी अमलेखगञ्जसम्म पाइपलाइनमार्फत इन्धन ल्याउने नेपाल सरकारको योजना छ । जम्मा १०.७५ इञ्चको डायमिटर रहेको पाइपलाइनबाट १ घण्टामा २ सय लिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ ।

झण्डै दुई दशकदेखि चर्चामा रहेको बहुप्रतिक्षित अमलेखगञ्ज– रक्सौल–मोतिहारी पेट्रोलियम पाइपलाइनको काम प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका बेला २०७५ साउनदेखि औपचारिकरूपमा शिलान्यास गरिएको थियो । 

परियोजना पूरा भएपछि निगमलाई बिना रोकटोक पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ । निगमका अनुसार परियोजनापछि नेपाल भित्र्याउने ट्यांकरले खपत गर्ने इन्धनबाट प्रतिदिन २९ लाख २० हजार खर्च कटौती हुनेछ भने, निगमको ७१ करोड वार्षिक ढुवानी खर्च बचत हुन्छ । 

१८ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसाथ पाइपलाईनको काम भइरहेको राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रीवास्तवले बताए 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, माघ ९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्