Kathmandu Press

लामिछानेलाई पुनः १५ दिन थुनामा राख्न अनुमति

कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको इजलासले १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 
लामिछानेलाई पुनः १५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, मंसिर ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको इजलासले १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। 

लामिछानेको गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आइतबार पुनः प्रहरीले काश्की जिल्ला अदालतमा उपस्थित गराएको थियो। सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। 

सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोपमा काश्की प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ। 

सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको निश्कर्षसहित संसदीय छानबिन विशेष समितिले थप अनुसन्धानका लागि सिफारिस गरेको थियो। 

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, मंसिर ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्