Kathmandu Press

नेपाल र भारतबीच समझदारी विकास हुँदै गएको छ : भारतीय विदेशमन्त्री जयंशकर

काठमाडौं, मंसिर १८ : भारतका विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच समझदारी विकास हुँदै गएको बताएका छन्। उनले भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा...
नेपाल र भारतबीच समझदारी विकास हुँदै गएको छ : भारतीय विदेशमन्त्री जयंशकर

काठमाडौं, मंसिर १८ : भारतका विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच समझदारी विकास हुँदै गएको बताएका छन्। 

उनले भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपासँग विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका हुन्।

उनले भनेका छन्,‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ।’ 

साथै, उनले अन्तर्वार्तामा छिमेकीहरुबीच समस्या हुनु सामान्य रहेको समेत उल्लेख गरेका छन्। ‘कुनै दुई छिमेकी भन्नुस् जसका बीचमा समस्या नभएको होस्,’ उनले भनेका छन्।

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्