Kathmandu Press

कोरोना संक्रमित बसेको कोठामा पंखा र हिटर नचलाउन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाडौं, मंसिर १८ : कोरोना संक्रमित बसेको कोठामा हिटर र पंखा नचलाउन स्वास्थ्य सेवा विभागले सुझाव दिएको छ। वैज्ञानिक अध्ययनहरूबाट कोभिड १९ को संक्रमण...
कोरोना संक्रमित बसेको कोठामा पंखा र हिटर नचलाउन स्वास्थ्य सेवा विभागको आग्रह

काठमाडौं, मंसिर १८ : कोरोना संक्रमित बसेको कोठामा हिटर र पंखा नचलाउन स्वास्थ्य सेवा विभागले सुझाव दिएको छ। 

वैज्ञानिक अध्ययनहरूबाट कोभिड १९ को संक्रमण हावाबाट समेत सर्नसक्ने सम्भावना रहेको भनेपछि विभागले संक्रमित बसेको बन्द कोठामा पंखा वा हिटर चलाउँदा कोठाभित्रको हावा पुन कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाव दिएको हो।

साथै, कोठामा बस्दा एयर कन्डिसनको समेत प्रयोग नगर्न सुझाव दिएको छ।

विभागले होमआइसोलेसनमा बसेका संक्रमितले ख्याल गर्नुपर्ने निर्देशिका जारी गरेको छ। 

निर्देशिकामा धेरै व्यक्तिहरूले छोइ रहनुपर्ने ढोका, चुकुल, रिमोट, मोबाइल, ट्वाइलेटको फ्लस संक्रमित व्यक्तिले पनि छुनसक्ने भन्दै त्यस्ता सामग्री छुनासाथ तुरून्तै साबुनपानीले हात धुने वा स्यानिटाइजरले सफा गर्न सुझाव दिइएकाे छ।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्