साझा पार्टीसँगको एकीकरणमा विवेकशीलका उपाध्यक्षसहित १३ जना सहभागी नहुने
काठमाडौं, मंसिर १८ : विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण प्रकृयामा विवेकशीलका १३ जना सहभागि नहुने भएका छन्। उनीहरुले बिहीबार एक विज्ञप्ती निकालेर...
काठमाडौं, मंसिर १८ : विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण प्रकृयामा विवेकशीलका १३ जना सहभागि नहुने भएका छन्।
उनीहरुले बिहीबार एक विज्ञप्ती निकालेर अहिले पार्टी एकीकरणको बेला नभएको भन्दै फरक धारणा राखि आफुहरु यस प्रकृयामा सहभागि नहुने जनाएका हुन।
फरक मत राख्नेहरुमा उपाध्यक्ष अजीता राई, सचिव संगीता बाटाजू, कर्मा तामाङ, छिरिङ्ग तामाङ, विजयबाबु शिवाकोटी, जेसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शिशिरविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।
उनीहरुले आफुहरुले लिने आगामी कदमबारे आवश्यक छलफल गरी अघि बढ्ने बताउँदै देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नयाँ एजेण्डा, कार्ययोजना र रणनीति रहेको बताएका छन्।
प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











