Kathmandu Press

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद, मंसिर १८ : पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि...
पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

इस्लामाबाद, मंसिर १८ : पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। 

उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ। 

Hardik ivf

जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका थिए। 

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरेका छन्। 

बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गरेका थिए। तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए।

प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्