सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले बृद्धि
काठमाडौं, मंसिर १८ : तिहारपछि ओरालो लागेको सुनको मूल्य एकै दिन एक हजार ६ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
काठमाडौं, मंसिर १८ : तिहारपछि ओरालो लागेको सुनको मूल्य एकै दिन एक हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रहेको थियो।
त्यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज प्रतितोला ९२ हजार एक सय ५० मा कारोबार भइरहेको छ। बुधबार ९० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज केही बृद्धि भएको छ। प्रतितोला २० ले वृद्धि भएको महासंघले जनाएको छ।
चाँदी प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ पुगेको छ। बुधबार एक हजार एक सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १७:११ बजे, बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











