सिमकोट विमानस्थलमा आगलागी, एक जना घाइते
हुम्ला, मंसिर १८ : हुम्लाको सिमकोट विमानस्थलको क्वाटरमा आगलागी भएको छ। आगो निभाउँदा एक जना घाइते भएका छन्।आज बिहान ५ बजे आगलागी सुरु...
हुम्ला, मंसिर १८ : हुम्लाको सिमकोट विमानस्थलको क्वाटरमा आगलागी भएको छ। आगो निभाउँदा एक जना घाइते भएका छन्।
आज बिहान ५ बजे आगलागी सुरु भएको हो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय बासिन्दाको टोलीले दुई घन्टा लगाएर आगो निन्त्रणमा लिएको छ।
आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय, हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन्। उनको हातमा चोट लागेको र उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
विमानस्थलको क्वाटरमा हिटर जलाउँदा विद्युतको तार सर्ट आगलागी भएको हो। क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











