Kathmandu Press

जन्ती चढेको जिप दुर्घटना, बेहुला-बेहुलीसहित १३ घाइते

धनगढी, मंसिर १८ : कैलालीको गोदावरी नगरपालिकास्थित गाईमारामा जन्ती सवार रहेको जिप गएराति दुर्घटना भएको छ। दुर्घटनामा बेहुला-बेहुलीसहित १३ जना घाइते भएका छन्।बैतडीबाट...
जन्ती चढेको जिप दुर्घटना, बेहुला-बेहुलीसहित १३ घाइते

धनगढी, मंसिर १८ : कैलालीको गोदावरी नगरपालिकास्थित गाईमारामा जन्ती सवार रहेको जिप गएराति दुर्घटना भएको छ। दुर्घटनामा बेहुला-बेहुलीसहित १३ जना घाइते भएका छन्।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ ज १२५४ नम्बरको जिप सडकबाट दुई सय मिटर तल खेसेको हो। दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडीको दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएकी छिन्।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ।

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्