Kathmandu Press

जिरुड चम्किँदा चेल्सी विजयी, बार्सिलोनाको पाँचौं जित

काठमाडौं, मंसिर १८ : फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले ४ गोल गरेपछि इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार...
जिरुड चम्किँदा चेल्सी विजयी, बार्सिलोनाको पाँचौं जित

काठमाडौं, मंसिर १८ : फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले ४ गोल गरेपछि इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा जिरुड एक्लैले चार गोल गरेपछि चेल्सीले स्पेनिस क्लब सेभियामाथि ४–०को जित निकाल्यो । 

जिरुडले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेका थिए । आठौं मिनेटमा काई हभाटर्जको पासमा जिरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ५४औं र ७४औं मिनेटमा गोल गर्दै जिरुडले ह्याट्रिक पुरा गरे । खेल सकिन ७ मिनेट बाँकी छँदा जिरुडले नै गोल गरेपछि चेल्सीले सनदार जित निकाल्यो । 

जितसंगै चेल्सी समूह ई बाट समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका छ । हारका बाबजुद पनि सेभिया नकआउट चरणमा पुगेको छ । समूहको शीर्ष क्लब चेल्सीको १३ अंक छ भने दोस्रो दोस्रो स्थानमा रहेको सेभियाको १० अंक छ ।

यसैगरी कप्तान लियोनल मेसी विना नै मैदान उत्रिएका बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाले फेरेनकोभारोसलाई ३–०ले हरायो । बार्सिलोनालाई जित दिलाउने क्रममा एन्टोइन ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओसमान डेम्बेलेले गोल गरे ।

बार्सिलोनाले तीनै गोल पहिलो हाफमै गरेको थियो । यो बार्सिलोनाको लगातार पाचौं जित हो ।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्