Kathmandu Press

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हरायो 

काठमाडौं, मंसिर १८ : ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ...
नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हरायो 

काठमाडौं, मंसिर १८ : ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

समूह एच अन्तर्गत फ्रान्सेली क्लब पीएसजीले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको हो । पीएसजीको जितमा नेइमारले २ र एक गोल माक्र्युनोसले गरे । त्यस्तै युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले फर्काए ।

युनाइटेडका फ्रेडले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । युनाइटेडलाई हराएको पीएसजीलाई नकआउट चरण पुग्न सहज भएको छ । पीएसजीले युनाइटेडलाई हराएपछि समूह एचमा पीएसजी, युनाइटेड र आरबी लेइपजिंगको ९र९ अंक रहेको छ । त्यस्तै इस्तानबुल बासाकसेहिरको ३ अंक छ ।

समूह एचको अर्को खेलमा आरबी लाइपजिंगले इस्तानबुललाई ४–३ गोलले हरायो । अब अन्तिम खेलमा पीएसजीले इस्तानबुलसँग खेल्नेछ भने युनाइटेडले आरबी लेइपजिंगसँग खेल्नेछ । समुह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुनेछ ।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्